Home अर्थ/व्यापार मकवानपुर नमूना प्रगति सहकारीद्वारा वार्षिकोत्सव मामाघरलाई सहयोग

मकवानपुर नमूना प्रगति सहकारीद्वारा वार्षिकोत्सव मामाघरलाई सहयोग

हेटौंडाः हेटौंडास्थित मकवानपुर नमूना प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वार्षिकोत्सवको अवसरमा हेटौंडा–११, डाङडुङेस्थित मामाघर नेपाललाई आर्थिक सहयोग गरेको छ । सडक बालबालिकाको उद्दार, संरक्षण र सम्भव भएसम्म परिवारमा पुनर्मिलनको कार्य गर्दै आएको मामाघर नेपाललाई सहकारीले ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरेको हो ।

२३ औं वार्षिकोत्सवको अवसरमा सहकारीका अध्यक्ष मीठाराम दाहाल, उपाध्यक्ष एकलाल श्रेष्ठ, सचिव रामजी सापकोटा, कोषाध्यक्ष केशव देवकोटा, व्यवस्थापक बद्रिप्रसाद भण्डारीसहित सहकारीका पदाधिकारी एवम् कर्मचारीको समूहले मामाघर नेपालका संरक्षक अर्पण पराजुलीलाई आज बिहान सहयोग रकम हस्तान्तरण गरेको हो । सहकारीले वार्षिकोत्सवको अवसरमा सामाजिक सेवामा क्रियाशील संस्थालाई सहयोग गर्ने गरेको छ ।

Exit mobile version