हेटौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका–१, पुलचोकस्थित नारायणी नदीमा एक जना पुरुष मृत फेला परेका छन् ।
आइतबार बिहान ५ बजेर ३५ मिनेटको समयमा अन्दाजी ६५ वर्षीय पुरुष मृत फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । मृतक पुरुषको सनाखत हुन सकेको छैन । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।











