हेटौँडा : चितवन जिल्लाका भरतपुर महानगरपालिका–१०, वीरेन्द्रचोकमा म्याजिकले साईकललाई ठक्कर दिँदा घाइते भएका साइकल चालकको उपचारको क्रममा मृत्यु भएको छ । बुधबार राती ९ बजेको समयमा ना १ ज ६००८ नम्बरको म्याजिकले साईकललाई ठक्कर दिँदा चालक गम्भीर घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
म्याजिकको ठक्करबाट लमजुङ जिल्लाको दर्जा गाउँपालिका–५ घर भई हाल भरतपुर महानगरपालिका–२ स्थित क्षेत्रपुर सब्जी मन्डीमा काम गर्ने ७० वर्षीय आइतसिंह गुरुङ गम्भीर घाइते भएका थिए । घाइते गुरुङलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएकोमा उपचारको क्रममा आइतबार राती १० बजेर ३० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएकोे छ । म्याजिक चालक तनहुँ जिल्लाको भिमाद नगरपालिका–२, बस्ने ३१ वर्षीय सुबास सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।











