हेटौँडा : मकवानपुरको राक्सिराङ गाउँपालिका जंगली च्याउ खाँदा एक बालक बिरामी भएका छन् ।
शनिबार बिहान ११ बजेको समयमा राक्सिराङ गाउँपालिका–८, शिखरडाँडाका ९ वर्षीय किरण सुनारले आफ्नै घर छेउमा उम्रिएको जंगली च्याउ पोलेर खाँदा बिरामी भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । किरणलाई उपचारका लागि मनहरी अस्पताल ल्याइएको छ ।











