Home मुख्य समाचार अन्तर्राष्ट्रिय योग दिवसमा हेटौँडामा रक्तदान

अन्तर्राष्ट्रिय योग दिवसमा हेटौँडामा रक्तदान

रक्तदान गर्दै रक्तदाता ।

हेटौँडा : ११औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा शनिबार बिहान हेटौँडामा रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन् ।

हेटौँडा उपमहानगरपालिका आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा र पतंजली योग जिल्ला समिति मकवानपुरको आयोजनामा रक्तदान कार्यक्रम भएको हो । कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो । रक्तदान कार्यक्रमसँगै वृहत योग कार्यक्रम समेत आयोजना गरिएको थियो ।

Exit mobile version