हेटौँडा : नुवाकोट जिल्लाको विदुर नगरपालिका–१, ढुङ्गेचोकमा बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । आइतबार बिहान ११ बजेर ३० मिनेटको समयमा गल्छि–त्रिसुली सडकखण्डमा ढुङ्गे तर्फबाट रसुवातर्फ जाँदै गरेको ना ४ ख ४८४ नम्बरको बसले ठक्कर दिँद पैदलयात्री नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका–५, शान्तिबजारकी ५४ वर्षीया अम्बिका भट्ट गम्भीर घाइते भएकी थिइन् ।

घाइते अम्बिकाको नुवाकोटस्थित त्रिशुली अस्पतालमा समान्य उपचार पश्चात काठमाडौंस्थित ग्रीनसिटि अस्पताल लगिएको थियो । उपचारको क्रममा दिउँसो २ बजेर २० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाकारी दिएको छ । बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।