लागूऔषधसहित पक्राउ परेका पुजा, रिकेश र राजिव ।

हेटौँडा : लागूऔषध खैरो हेरोइनसहित मकवानपुर प्रहरीले हेटौँडा–२ बाट ३ जनालाई पक्राउ गरेको छ । शनिबार बिहान ११ बजेको समयमा प्रहरीले १ ग्राम ३४० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित हेटौँडा–२ स्थित २४ वर्षीया पुजा श्रेष्ठको घरबाट पुजासहित हेटौँडा–१ का २० वर्षीय रिकेश तन्दुकार र २४ वर्षीय रितिक भन्ने राजिव तन्दुकारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पुजा श्रेष्ठको घरमा लागूऔषध सेवन तथा कारोवर भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले छापा मार्दा लागूऔषधसहित ३ जनालाई पक्राउ गरिएको जनाएको छ । मकवानपुर जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिई प्रहरीले तीनैजनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ ।