हेटौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका–२८, राप्तीखोलामा गैंडाको आक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ६० वर्षीय जंगे कुमाल रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
आइतबार राती ८ बजेको समयमा मेघौली सेराइ होटल पछाडि रहेको राप्तीखोलामा माछा मार्न गएका कुमाललाई गैँडाले आक्रमण गर्दा गम्भीर घाइते भएका थिए । घाइते कुमाललाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो । कुमालको उपचारको क्रममा राती ९ बजेर ५ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।











