हेटौँडा : नेकपा माओवादी निकट प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ नेपाल मकवानपुरको तेस्रो जिल्ला सम्मेलनबाट अध्यक्षमा मधु अर्याल चयन हुनुभएको छ । शनिबार हेटौँडामा सम्पन्न सम्मेलनबाट अर्यालको अध्यक्षतामा २१ सदस्यीय समिति सर्वसम्मत निर्वाचित भएको हो ।
समितिको उपाध्यक्षमा ज्योतिराज लुईटेल, सचिवमा अशोक रखाल, सह–सचिवमा सन्देश भण्डारी र कोषाध्यक्षमा पविला थापा चयन हुनुभएको छ । नयाँ समिति चयन हुनुअघि जयराम रायमाझीको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवम् स्वास्थ्य विभागकी संयोजक कल्पना धमलाको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तान, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज विजय गौतम, नेकपा माओवादी केन्द्र मकवानपुरका संयोजक भीम पाख्रिनको पनि आतिथ्य रहेको थियो ।












