हेटौंडाः जेसीआई बसामाडीको जेसीज सप्ताह २०२० अन्तर्गत आज पाँचौं दिन भीमफेदी गाउँपालिकास्थित बालमन्दिरलाई खाद्यान्न, खेलकुद तथा शैक्षिक सामग्री सहयोग गरेको छ । कार्यक्रम जेसीआई बसामाडीका अध्यक्ष बिबेक बजगाईंको सभाध्यक्षतामा भएको थियो भने कार्यक्रममा मानव अधिकार एलायन्सका अध्यक्ष तुलसी रिजालको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा १२ हजार रकम बराबरको कापी, कलम, चार्टपेपर, बल, चामल, नुन लगायतका खाद्यान्न, शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरिएको थियो । कार्यक्रममा मूल कार्यक्रम संयोजक गौतम केसी, बालमन्दिरका प्रमुख सुरेन्द्र्र सापकोटा, ईलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठ, प्रमुख अतिथि तुलसी रिजाल लगायतले मन्तव्य राख्नु भएको थियो । सलिम मियाको संयोजकत्वमा भएको कार्यक्रममा जेसीआई बसामाडीका पूर्व अध्यक्षहरु, जेसीआई बसामाडी पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।