Home मुख्य समाचार जेसीआई बसामाडीद्वारा बालमन्दिरलाई सहयोग

जेसीआई बसामाडीद्वारा बालमन्दिरलाई सहयोग

हेटौंडाः जेसीआई बसामाडीको जेसीज सप्ताह २०२० अन्तर्गत आज पाँचौं दिन भीमफेदी गाउँपालिकास्थित बालमन्दिरलाई खाद्यान्न, खेलकुद तथा शैक्षिक सामग्री सहयोग गरेको छ । कार्यक्रम जेसीआई बसामाडीका अध्यक्ष बिबेक बजगाईंको सभाध्यक्षतामा भएको थियो भने कार्यक्रममा मानव अधिकार एलायन्सका अध्यक्ष तुलसी रिजालको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा १२ हजार रकम बराबरको कापी, कलम, चार्टपेपर, बल, चामल, नुन लगायतका खाद्यान्न, शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरिएको थियो । कार्यक्रममा मूल कार्यक्रम संयोजक गौतम केसी, बालमन्दिरका प्रमुख सुरेन्द्र्र सापकोटा, ईलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठ, प्रमुख अतिथि तुलसी रिजाल लगायतले मन्तव्य राख्नु भएको थियो । सलिम मियाको संयोजकत्वमा भएको कार्यक्रममा जेसीआई बसामाडीका पूर्व अध्यक्षहरु, जेसीआई बसामाडी पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Exit mobile version