Home समाज जेसीआई बसामाडीद्वारा हाम्रो घर बालगृहलाई सहयोग

जेसीआई बसामाडीद्वारा हाम्रो घर बालगृहलाई सहयोग

हेटौंडाः जेसीआई बसामाडीले जेसीज सप्ताहको चौथो दिन बुधबार हेटौंडा–५ सिँचाईटोलस्थित हाम्रो घर बालगृहलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेको छ । कार्यक्रम जेसीआई बसामाडीका अध्यक्ष विवेक बजगाईंको सभाध्यक्षतामा भएको थियो भने कार्यक्रममा अशोक शाक्यको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा १२ हजार रकम बराबरको कापी, कलम, चार्टपेपर, बललगायतका शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरिएको छ । कार्यक्रममा मुल कार्यक्रम संयोजक गौतम केसी, हाम्रो घर बालगृहकी अध्यक्ष ईन्दिरा डल्लाकोटी, नेपाली कांग्रेसका नेता अशोक शाक्य लगायतले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रममा जेसीआई बसामाडीका निवर्तमान अध्यक्ष सरोज अधिकारी, जेसीआई बसामाडीका पदाधिकारीको उपस्थिति रहेको थियो ।

Exit mobile version