हेटौँडा : शहीद रुद्र पाख्रिन र वासुदेव घिमिरेको स्मृतिमा आयोजना गरिएको तेस्रो खुला ८ ‘ए’ साइड फुटबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । आज बुधबार सेमीफाइनल चरणका दुईवटा खेल हुने र फाइनल खेल हुनेछ ।
प्रतियोगिताको पहिलो चरणको खेलमा सिमलटार युवा क्लब र खेलकुद विकास समितिबीच बिहान ७ बजे प्रतिस्पर्धा हुनेछ भने बिहान ८ बजे दाजुभाइ एफसी र ७ नम्बर बिहानी भेट्रान्स बीच प्रतिस्पर्धा हुनेछ । मंगलबार भएको खेलमा खेलकुद विकास समितिले उत्तमपानी युवा क्लब लाई २–१ गोल अन्तरले पराजित गर्दै सेमीफाइनल गरेको थियो । यस्तै ७ नम्बर बिहानी भेन्ट्रान्सले संयुक्त नवस्टार युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको हो ।
सिमल्टार युवा क्लब र अन्जन ढुवानी बीचको निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टीमा सिमलटारले योन्जन ढुवानीलाई ३–२ गोलअन्तरले पराजित गर्दै र दाजुभाइ एफसीले देवीडाँडा युवा क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको थियो । दुई टोलीको विजेता टोलीले उपाधिका लागि दिउँसो ३ बजे फाइनल खेल खेल्नेछन् । मकवानपुरगढी खेलकुद विकास समितिको आयोजना, गढी गाउँपालिकाको आर्थिक सहयोग तथा दाजुभाइ एफसीको सह–आयोजनामा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको विजेताले ७५ हजार र उपविजेताले ४० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।











