हेटौँडा : एफसी कमलडाँडा कलैया भेट्रान्स प्रतियोगितामा सहभागी हुँदैछ । आउँदो मंगलबारदेखि बारा जिल्लाको कलैयामा हुने दोस्रो बारा भेट्रान्स फुटबल प्रतियोगितामा सहभागी हुन लागेको हो ।
प्रतियोगितामा कमलडाँडा एफसीले २७ गते नै पहिलो खेल खेल्ने छ । प्रतियोगितामा विजेता हुने टिमले ५१ हजार र उपविजेता हुनेले २५ हजार ५ रुपैयाँसहित सिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा सहभागी हुन लागेको एफसी कमलडाँडालाई जर्सी सहयोग प्राप्त भएको छ । बुधबार सुबिन श्रेष्ठले भेट्रान्सलाई जर्सी सहयोग गर्नुभएको खेलाडी कृष्ण गुरुङले जानकारी दिनुभयो । भेट्रान्स टिमलाई सुबिनले १३ थान जर्सी सहयोग भएको गुरुङले जानकारी दिनुभयो । सुबिन सम्पदा अङ्कित स्पोर्टसका प्रोपाइटर एवम् गण्डकी प्रदेशको महिला फुटबल टिम कोच तथा पूर्व ‘ए’ डिभिजन खेलाडी समेत हुनुहुन्छ ।











