हेटौँडा : हेटौंडा–काठमाडौं जोड्ने कुलेखानी–फाखेल–हुमाने सडक संचालनमा आएको छ । २१ दिन बन्द रहेको उक्त सडक कालोपत्रे पश्चात बुधबारदेखि संचालनमा ल्याइएको हो ।
उक्त सडकखण्ड अन्तर्गत फाखेल महालक्ष्मी खोलादेखि हुमानेसम्म कालोपत्रे गर्नेगरी सडक बन्द गरिएको थियो । गत जेठ २ गतेदेखि बन्द रहेको उक्त सडक २१ गतेबाट संचालनमा आएको हो । उक्त सडकको केही भागमा ढलान गर्ने काम समेत सम्पन्न भइसकेको पूर्वाधार विकास कार्यालय मकवानपुरका प्रमुख इन्जिनियर सुजन भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार सो सडक अन्तर्गत केही स्थानमा सडक कालोपत्रे गर्ने कार्य बाँकी रहेको र काम निरन्तर जारी रहेको छ ।











