हेटौँडा : दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका–१, हुप्पामा भालुको आक्रमणबाट एकजना घाइते भएका छन् । मंगलबार बिहान ७ बजेर २० मिनेटको समयमा स्थानीय ६५ वर्षीय ओलोकबहादुर जिरेल घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

सिरेपु सामुदायिक वनमा २ वटा जङ्गली भालुको आक्रमणमा परेका जिरेलको टाउकोमा चोट लागेको छ । जिरेलको बाँया कान लुछी लगेको, अनुहार र बाँया आँखा मुनि गहिरो चोट लागेर अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । घाइते जिरेललाई उपचारका लागिी काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको छ ।