हेटौँडा : हेटौँडा–१५, चार्जिङ पोईन्ट नजिकै ठुलो सुकौलीमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा भारत घर भई हाल हेटौँडा–१४, बस्ने ६० वर्षीय असर्फि साह रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
आइतबार बिहान ६ बजेर १० मिनेटको समयमा साह भित्री सडकखण्ड अन्तर्गत बाटोको छेउमा मृत अवस्थामा फेला परेका थिए । अनुसन्धानको क्रममा घटना स्थल नजिक विषादीको डिब्बा समेत फेला परेको प्रहरीले जानकारी दिएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि हेटौँडा अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।
