Home मुख्य समाचार निम्न माध्यमिक तहको शिक्षकको परीक्षामा ३९१० सहभागी

निम्न माध्यमिक तहको शिक्षकको परीक्षामा ३९१० सहभागी

हेटौँडा : शिक्षक सेवा आयोगले शनिबार सञ्चालन गरेको निम्न माध्यमिक तहको शिक्षक छनोट परीक्षामा मकवानपुरमा ३ हजार ९ सय १० जनाले परीक्षा दिएका छन् । बागमती प्रदेशको परीक्षा मकवानपुर र चितवनमा सञ्चालन गरिएको थियो । मकवानपुरमा ५ हजार १२ जना परीक्षार्थी रहेकोमा ७८ दशमलव ०१ प्रतिशत परीक्षार्थी मात्रै सहभागी भएका शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख सुदीप गिरीले जानकारी दिनुभएको छ ।

इकाईले हेटौँडाका १३ वटा विद्यालयमा २० वटा केन्द्र कायम गरेर परीक्षा सञ्चालन गरेको थियो । पहिलो पत्रको रुपमा वस्तुगत प्रश्नमा आधारित परीक्षा १ घण्टा सञ्चालन भएको थियो । शनिबार दिउँसो १ बजेबाट सुरु भएर २ बजे सकिएको परीक्षाको नतीजा २ साताभित्र सार्वजनिक हुने इकाई प्रमुख गिरीले जानकारी दिनुभयो । १०० पूर्णाङ्कको प्रथमपत्रमा ५० भन्दा बढी प्राप्ताङ्क हुने परीक्षार्थीले दोस्रो पत्र अर्थात् विषयगत परीक्षामा सहभागी हुन पाउनेछन् । प्रथमपत्रको नतीजा सार्वजनिक भएपछि शिक्षक सेवा आयोगले दोस्रो पत्रको परीक्षाको मिति सार्वजनिक गर्नेछ ।

Exit mobile version