Home खेलकुद मकवानपुर क्रिकेट टिमलाई एक्सपर्ट भिजनको सहयोग

मकवानपुर क्रिकेट टिमलाई एक्सपर्ट भिजनको सहयोग

मकवानपुर जिल्ला क्रिकेट टिमले जर्सी प्राप्त गरेपछि जर्सी प्रदर्शन गर्दै कप्तान सुमन सुनार र अर्का एक खेलाडी ।

हेटौँडा : मकवानपुर जिल्ला क्रिकेट टिमलाई एक्सपर्ट भिजन कन्सल्टेन्सीले जर्सी सहयोग गरेको छ । बारा जिल्लाको हरपुर क्रिकेट क्लबले आयोजना गरेको जीतपुर–सिमरा पाँचौं टि–२० हरपुर च्याम्पियन ट्रफीमा सहभागी हुने मकवानपुरको टिमलाई शनिबार बिहान जर्सी हस्तान्तरण गरिएको हो । एक्सपर्ट भिजन कन्सल्टेन्सीकी प्रतिनिधि स्मृति मल्लले मकवानपुरको क्रिकेट टिमका कप्तान सुमन सुनारलाई जर्सी हस्तान्तरण गर्नुभयो ।

चौथो संस्करणको जीतपुर–सिमरा टि–२० हरपुर च्याम्पियन ट्रफीको मकवानपुर उपाधि विजेता टिम समेत हो । पाँचौं संस्करणमा मकवानपुर समूह बी मा रहेको छ भने समूह बी मा मकवानपुरसहित रौतहट र पर्साको युनाइटेड क्रिकेट क्लब रहेको छ । मकवानपुरले शनिबार उद्घाटन खेलमा रौतहटको सामना गर्दैछ । मकवानपुरले सुमन सुनारको कप्तानीमा टिम बारा पठाएको छ । प्रतियोगितामा उपाधि विजेताले ६० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ३० हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ । हरपुर क्रिकेट क्लबको आयोजना तथा बारा जिल्ला क्रिकेट संघको सहयोग र मधेश प्रदेश क्रिकेट संघसँगको सहकार्यमा प्रतियोगिता भएको हो ।

Exit mobile version