Home मुख्य समाचार चट्याङ लागेर राक्सिराङका रामबहादुर घाइते

चट्याङ लागेर राक्सिराङका रामबहादुर घाइते

हेटौँडामा परेको चट्याङ । तस्वीर : राजन कटुवाल/फाइल तस्वीर ।

हेटौँडा : मकवानपुरको राक्सिराङ गाउँपालिका–६, सिलाधुनीमा शुक्रबार साँझ चट्याङ लागेर एकजना घाइते भएका छन् । चट्याङ लागेर स्थानीय ३२ वर्षीय रामबहादुर मुक्तान घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

चट्याङ लागेर रामबहादुरको शरीरमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले उल्लेख गरेको छ । चट्याङ लागेर रामबहादुरको घर नजिकै बाँधिराखेको राँगोको भने घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version