रक्तदान गर्दै रक्तदाता ।

हेटौँडा : विश्व वातावरण दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तर्गत पहिलो कार्यक्रमको रुपमा शुक्रबार बिहान हेटौँडामा रक्तदान कार्यक्रम भएको छ । टोल विकास संस्था नगर समन्वय समिति हेटौँडाको आयोजनामा हेटौँडा उपमहानगरपालिका परिसरमा भएको कार्यक्रममा २२ जनाले रक्तदान गरेका छन् ।

हरेक वर्ष जुन ५ मा मनाइने विश्व वातावरण दिवसलाई हेटौँडा उपमहानगरपालिकाले विशेषरुपमा मनाउँदै आएको छ । विश्व वातावरण दिवसको अवसरमा साताव्यापी विविध कार्यक्रम आयोजना गर्ने विषयमा बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको थियो । यसअघि बिहीबार उद्योग संघ मकवानपुरले पनि रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा १७ जनाले रक्तदान गरेका थिए ।