हेटौंडाः हेटौंडा–६, रामनगरका ४३ वर्षीय क्यान्सर पीडित राजकुमार दाहाललाई सहयोग रकम हस्तारण गरिएको छ । हेटौंडा–४ का ईन्द्रप्रसाद सञ्जेलको पहलमा क्यान्सर पीडित दाहाललाई ५५ हजार ५ सय ५५ रुपैयाँ हस्तान्तरण गरिएको हो ।
अमेरिकामा रहेकी सुमित सञ्जेलसहित मुकुन्द फुयाल, प्रदिप फुयाल, प्रयास राई, अच्युत पोखरेल, राजु तिमल्सिना, विकास गौतम, श्याम विष्ट लगायतको सकृयतामा संकलन गरिएको उक्त रकम हस्तान्तरण गरिएको हो । दुईपटक शल्यक्रियासमेत गरिएको दाहालको अवस्थाका नाजुक भएका कारण केही राहत होस् भनेर सहयोग गरिएको सञ्जेलले बताउनुभयो । सहयोगका लागि दाहाल परिवारले आभार व्यक्त गरेका छन् ।