प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा ।

हेटौँडा : बागमती प्रदेश सरकारले विपद् बीमा कार्यक्रम अघि बढाउने भएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रम मार्फत् विपद् बीमा कार्यक्रम अघि बढाउने भएको हो ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश सभामा बुधबार प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विपद् जोखिम हस्तान्तरणका लागि विपद् बीमा कार्यक्रम अघि बढाउने बताउनुभएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत विपद् बीमा कार्यक्रम अघि बढाउने जनाएको हो । प्रदेश सरकारले आगाममी आर्थिक वर्षमा प्रदेश प्रहरी समायोजनका लागि अन्य प्रदेशसँगको समन्वयम संघीय सरकारसँग छलफल गर्ने भएको छ ।