लागूऔषधसहित पक्राउ परेका विकास तामाङ ।

हेटौँडा : लागूऔषध ओनरेक्ससहित मकवानपुर प्रहरीले हेटौँडा–१०, बसपार्कबाट विकास तामाङलाई पक्राउ गरेको छ ।

मकवानपुरको थाहा नगरपालिका–११ घर भई हाल हेटौँडा–१०, बसपार्कमा डेरा गरी बस्ने २ठ वर्षीय तामाङको कोठामा लागूऔषध लुकाएर राखिएको भन्ने सूचनाका आधारमा प्रहरीले मंगलबार बिहान ९ बजेर ४५ मिनेटको समयमा छापा मार्दा १ सय मिलिलिटरको १ सय ३१ बोतल लागूऔषध ओनरेक्स बरामद भएको प्रहरीले जनाएको छ । मकवानपुर जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा ५ दिनको म्याद अनुमती लिएर प्रहरीले तामाङलाई हिरासतमै राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।