हेटौँडा : हेटौँडामा एक महिलाले आत्मदाहको प्रयास गरेकी छिन् । हेटौँडा–१०, मेनरोडकी ३३ वर्षीया तारा श्रेष्ठले घरायसी विवादमा आत्मदाहको प्रयास गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
शनिबार राती करिब ११ बजेको समयमा ताराले शरीरमा मट्टितेल खन्याएर आत्मदाहको प्रयास गरेकी थिइन् । ताराको शरीरमा लागेको आगो निभाउन खोज्दा श्रीमान् ४३ वर्षीय सुमन महर्जन पनि घाइते भएका छन् । ताराको शरीरको ४० प्रतिशत भाग जलेको छ भने सुमनको दुबै हात जलेको छ । दुबैजनालाई हेटौँडा अस्पतालमा सामान्य उपचारपछि कीर्तिपुरस्थित जलन उपचार अस्पताल पठाइएको छ ।











