हेटौँडा : हेटौँडामा जारी मेयर कप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहीबार दुई खेल हुँदैछन् ।
वर्षाका कारण स्थगित भएको बुधबारको खेल नै आज बिहीबार हुने नगर खेलकुद विकास समितिले जनाएको छ । हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा आजको पहिलो खेल हेटौँडा–५ र हेटौँडा–१५ बीच र दोस्रो खेल हेटौँडा–१२ र हेटौँडा–१७ बीच हुनेछ । मेयर कप फुटबल प्रतियोगितामा हेटौँडा उपमहानगरका १९ वटै वडाको सहभागिता रहेको छ ।










