Home मुख्य समाचार आज पनि प्रदेश सभा बैठक बस्दै

आज पनि प्रदेश सभा बैठक बस्दै

बागमती प्रदेशसभा सचिवालय भवन ।

हेटौँडा : बागमती प्रदेशसभा बैठक आज बिहीबार पनि बस्दैछ । प्रदेशसभाको बैठक बिहान ११ बजे बस्ने भनिए पनि १२ बजेसम्म बैठक सुरु हुन भएको छैन । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता माथि छलफल गर्ने गरी बैठक बस्ने भएको हो ।

विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता माथिको छलफल बुधबारबाट सुरु भएको हो । बैठकमा सरकारको आगामी बजेट कार्यक्रम र नीतिका विषयमा प्रदेश सभा सदस्यहरुले धारणा राख्नेछन् । बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता माथिको छलफल सकेर आज नै टुंग्याउने तयारी रहेको छ ।

बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता माथिको छलफलमा प्रदेश सभा सदस्यहरुले उठाएको प्रश्न माथि आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले जवाफ दिनुहुनेछ । मन्त्री काफ्लेको जवाफ पश्चात विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतालाई टुंग्याउने प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभएको छ ।

बिहीबारको बैठकमा प्रदेशसभामा पेश भएको चलचित्र सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा टेबुल गर्ने कार्यसुची रहेको छ । बैठकमा संसदीय समितिमा विचाराधीन ४ विधेयक माथि पनि छलफल गर्ने कार्यसूची रहेको छ ।

Exit mobile version