Home अर्थ/व्यापार दैनिक ३ करोड ७० लाख लिटर पानी वितरण गर्दै हेटौँडा खानेपानी व्यवस्थापन...

दैनिक ३ करोड ७० लाख लिटर पानी वितरण गर्दै हेटौँडा खानेपानी व्यवस्थापन बोर्ड

वार्षिकोत्सवको अवसरमा सम्मानित भएका हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका कर्मचारी ।

हेटौँडा : हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले १२औं वार्षिकोत्सव मनाएको छ । बिहीबार बिहान हेटौँडामा एक समारोहका बीच बोर्डले वार्षिकोत्सव मनाएको हो । बोर्डका अध्यक्ष प्रताप विष्टको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा वार्षिकोत्सव समारोह भएको हो ।

हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले अहिले दैनिक ३ करोड ७० लाख लिटर पानी उत्पादन गरी २८ हजार ४ सय ६३ धारालाई पानी वितरण गर्दै आएको छ । बोर्डले मासिक १ करोड २० लाख रुपैयाँको बिलिङ गर्ने गरेको छ । बोर्डले ३९ वटा डिप ट्युव–वेल, १५ वटा सम–वेलबाट उत्पादन भएको पानी वितरण गर्दै आएको छ । ७ हजार ४ सय ७० घनमिटर पानी भण्डारण क्षमता भएको बोर्डले ६ सय २८ किलोमिटर पाइपलाइनबाट दैनिक ८ देखि ९ घण्टा पानी वितरण गर्दै आएको छ ।

वार्षिकोत्सवको अवसरमा बोर्डले कर्मचारी, नियमित तथा अधिक महसुल भुक्तानीकर्ता, पानी लिकेज तथा चुहावटसम्बनधी सूचना दिने व्यक्तिलाई सम्मान गरेको छ । यस्तै बोर्डमा हस्तान्तरण भएको उपभोक्ता समितिका अध्यक्ष, स्वयम्सेवीरुपमा पानी ट्याङ्की सञ्चालन गर्दै आएका व्यक्तिलाई पनि बोर्डले सम्मान गरेको छ ।

वार्षिकोत्सवको अवसरमा नगदसहित कर्मचारीहरु सव–ईन्जिनियर प्रविण कडरिया, प्लम्बर उपेन्द्रप्रसाद आचार्य, कनिष्ठ सहायक दिपिका केसी र श्रृजना अर्याल, मिटर रिडर सृजना पुलामी, प्रकाश श्रेष्ठ, तारादेवी थिङ्ग, फिल्ड सहयोगी अशोक चौलागाई, सुनिल राई र संजिव थिङ्ग, सहयोगी किशोर पोखरेल, पम्प सहयोगी ईश्वर लामिछाने, कृष्ण प्रसाद वस्ताकोटी, भुपेन्द्र सिलवाल, द्रोण कुमार धमला र पाल्साङ्ग बल, चौकिदार तीर्थ मोक्तान, प्रकाश तामाङ्गलाई सम्मान गरिएको छ ।

वार्षिकोत्सवको अवसरमा नियमित तथा अधिक खानेपानी महशुल भुक्तानी गर्ने हेटौँडा सामुदायिक आँखा अस्पताल, हेटौँडा–४, पारिजातपथका तुलसीराम लामिछाने, हेटौँडा–१९, बस्तीपुरका महेशदेव भट्टराई, हेटौँडा–१८, हर्नामाडीका प्रेम बहादुर कार्की, हेटौँडा–१६, हटियाका प्रकाश पुरी, हेटौँडा–१४, बनेलधापका लक्ष बहादुर थपलिया र हेटौँडा–४, हुप्रचौरका राजु शिवाकोटीलाई सम्मान गरिएको छ ।

पानी लिकेज चुहावट सम्बन्धी सूचना दिने तथा सरोकारवालाहरु बीच सौहाद्र्धपूर्ण वातावरण निर्माण गर्न सहयोग गर्ने सूचनादाताहरु हेटौँडा–१९, बस्तीपुरका श्याम रिमाल, हेटौँडा–१६, हटियाका बद्री दाहाल, हेटौँडा–१८, हर्नामाडीका हर्क रम्तेल, हेटौँडा–८, कमानेका राम बहादुर दुलाल, हेटौँडा–७, न्यूरेनीका सुनिल शिवाकोटी, हेटौँडा–१४, बनेलधाप कृष्ण बहादुर गोले, हेटौँडा–१५, रातोमाटेका भरत निरौलालाई वार्षिकोत्सवको अवसरमा सम्मान गरिएको छ ।

हेटौँडा–१६, हटियामा स्वयंसेवी रुपमा पानी ट्याङ्की संचालन गर्दै आएका शक्तिडाँडाकी मन्जुदेवी भुजेल, घ्याम्पेडाँडाका धनबहादुर पुलामी, जरुङ्गडाँडाका हस्तबहादुर गोले र घ्यामेडाँडा पश्चिमकी नन्दमाया थापा मगरलाई सम्मान गरिएको छ । खानेपानी संस्थानको हेटौँडास्थित कार्यालय बोर्डमा हस्तान्तरणपछि बोर्डमा हस्तान्तरण भएको पहिलो उपभोक्ता समिति हेटौँडा–१४, मयूरधापस्थित मयूरधाप खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष गोपाल बहादुर थपलियालाई सम्मान गरेको छ ।

Exit mobile version