हेटौँडा : कक्षा १२ को नियमित तर्फको वार्षिक परीक्षा शुक्रबार सकिएको छ । गएको वैशाख २१ गतेदेखि शुरू भएको परीक्षा शुक्रबार सकिएको हो । यसअघि वैशाख ११ गतेदेखि हुने भनिएको परीक्षा शिक्षक/कर्मचारीलगायतको आन्दोलनका कारण १० दिन सरेको थियो ।
कक्षा १२ को परीक्षामा देशभरबाट ५ लाख ११ हजार जनाभन्दा धेरै परीक्षार्थी सहभागी भएका राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । शान्तिपूर्ण रूपमा परीक्षा सम्पन्न भएको बोर्डको भनाइ छ । परीक्षाका लागि बोर्डले देशभर १ हजार ५ सय ९० र जापानमा १ गरी १ हजार ५ सय ९१ परीक्षा केन्द्र तोकेको थियो ।










