कानून दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रस्तुत कार्यपत्रमाथि टिप्पणी गर्नुहुँदै अधिवक्ता मदन कुमार दहाल ।

हेटौँडा : कानून दिवसको अवसरमा हेटौँडामा अन्तरक्रियाको आयोजना गरिएको छ । उच्च अदालत बार हेटौँडाको आयोजना तथा जिल्ला बार मकवानपुरको समन्वयमा अन्तरक्रिया भएको हो ।

शुक्रबार उच्च अदालत बारको सभाहलमा भएको अन्तरक्रियामा अधिवक्ता केशवप्रसाद गौतमले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । गौतमको कार्यपत्रमाथि अधिवक्ता मदन कुमार दाहाल, ईश्वरी अधिकारी र शिव बञ्जाराले टिप्पणी गर्नुभएको थियो । उच्च अदालत बार हेटौँडाका अध्यक्ष मनप्रसाद भट्टराईको अध्यक्षता तथा वरिष्ठ अधिवक्ता सूर्यचन्द्र न्यौपानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उच्च सरकारी वकिलको कार्यालय सहन्यायाधीवक्ता ईश्वरी ढकाल, जिल्ला बारका अध्यक्ष उत्तम कुमार बस्नेत, जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख विनोद पौडेलको पनि आतिथ्य रहेको थियो । ‘कानूनको शासन, न्याय, कानून व्यवसायी र सरोकारवालाको भूमिका’ भन्ने मूल नाराका साथ यसवर्षको कानून दिवस मनाइएको हो ।