सेनिटरी प्याड भेन्डिङ मेशिन राखिएपछि खिचिएको तस्वीर ।

हेटौँडा : हेटौँडा सामुदायिक आँखा अस्पतालमा युक्ति फाउण्डेशन काठमाडौले अस्पतालमा आउने महिला बिरामीहरुका लागि सेनेटरी प्याड भेन्डिङ मेशिन सहयोग गरेको छ । बिहीबार अस्पतालका संरक्षक सिद्धिलाल श्रेष्ठ र प्रमुख डा. सुनिल थकालीलाई फाउण्डेशनको तर्फबाट पेमा डोल्मा लामाले सेनिटरी प्याड भेन्डिङ मेसिन हस्तान्तरण गर्नु भएको हो । यस मेशिनको सहयोगले अस्पतालमा आउने महिला बिरामीहरु महिनाबारी भएमा सेनिटरी प्याड किन्न पसलमा जानु पर्दैन ।

संरक्षक श्रेष्ठले अस्पतालमा आउने महिला बिरामीहरुलाई यसले धेरै सहयोग हुने बताउनु भयो । मेशिनमा आवश्यक सेनेटरी प्याड पञ्चसिद्धि फाउण्डेशनबाट सहयोग गर्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो । युक्ति फाउण्डेशनको तर्फबाट पेमा डोल्मा लामाले विदेशमा महिला दिदीबिहिनीहरुलाई महिनाबारीको समयमा पर्न सक्ने समस्याको लागि बिभिन्न स्थानमा यस्तो मेशिन हुने गरेको र नेपालमा पनि आफ्नो दिदीबिहीनीहरुलाई पर्न सक्ने समस्याको हल गर्न मेशिन बिभिन्न स्थानमा सहयोग गर्ने गरेको बताउनु भयो । हेटौँडा सामुदायिक आँखा अस्पतालमा सहयोग गर्न पाउँदा आफू गौरवान्वित भएको बताउनु भयो ।