हेटौँडा : हेटौँडा उपमहानगरपालिका–१६ र १७ को सिमानास्थित गैरीगाउँको भित्री सडकखण्डमा डुबेको गाडी अझै फेला परेको छैन । घटनाको अध्ययनका लागि आएको खानी तथा भूगर्भ विभागको टोलीले प्रारम्भिक अनुसन्धान सम्पन्न गरी मंगलबार काठमाडौ फर्किएको छ ।
भूगर्भविद् नारायण अधिकारीको नेतृत्वमा आएको टोलीले घटनास्थलको माटोको बनावट, भूगर्भीय अवस्था, भूमिगत जल तथा चुम्बकीय क्षेत्रको परीक्षण गरेको थियो । प्रारम्भिक कार्य सम्पन्न गरी भूगर्भविद्हरु बुधबार दिउँसो काठमाडौं फर्किएका हुन् । टोलीले संकलन गरेका तथ्य र नमुनाको प्रयोशाला परीक्षणपछि मात्र दोस्रो चरणको अध्ययन हुने जानकारी दिएको छ ।
ना ४ च ४८३३ नम्बरको सिंगल क्याब बोलेरो गाडी जमिनमुखी भासिएको थियोे । पाँच दिन बितिसक्दा पनि गाडी फेला नपरेको अवस्थामा अनुसन्धान थप चासोको विषय बनेको छ ।










