हेटौँडा : बुढ्यौली साहित्य समाज मकवानपुरले साहित्यकार देवीप्रसाद घिमिरे र देवराज खरेललाई सम्मान गरेको छ ।
शनिबार हेटौँडामा एक समारोहका बीच भोजपुरका देवीप्रसाद घिमिरेलाई २५ हजार राशिसहित तुल्सी थापा स्मृति सम्मान प्रदान गरिएको छ भने मकवानपुरका देवराज खरेललाई नगद २० हजार रुपैयाँसहित तोयानाथ रिजाल स्मृति सम्मान प्रदान गरिएको छ ।
बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आरसी रिजालको अध्यक्षता तथा बुढ्यौली साहित्यका अभियन्ता तथा एजिङ नेपालका अध्यक्ष कृष्ण मुरारी गौतम (चट्याङ मास्टर) को प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा वडाध्यक्ष नवीन सिग्देल, जुना दाहाल, साहित्यिक संघ, संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।











