हेटौँडा : लागूऔषध अफिमसहित हेटौँडा–११, थानाभर्याङका ठाकुर सिं मोक्रानलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
सोमबार दिउँसो ३ बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा मोक्तानको घरमा तलासी गर्दा ३ किलो ८६० ग्राम लागूऔषध अफिम बरामद गरेको जनाएको छ । मकवानपुर जिल्ला अदालतबाट लागूऔषध मुद्दामा ४ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।











