हेटौँडा : हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसले कक्षा ११ को वार्षिक परीक्षाको तालिका सार्वजनिक गरेको छ । क्याम्पसले शुक्रबार सार्वजनिक गरेको तालिकाअनुसार वार्षिक परीक्षा आगामी जेठ ७ गतेबाट सुरु हुनेछ । परीक्षा बिहान ७ बजे सुरु हुनेछ ।
मकवानपुर बहुमुखी क्यामपसका प्राचार्य सन्देश विडारीका अनुसार वार्षिक परीक्षाको तालिका सार्वजनिक गर्नुका साथै बैशाख १५ गतेसम्म परीक्षा फारम भर्ने म्याद रहेको जानकारी दिनुभयो । कक्षा ११ मा मकवानपुर बहुमुखी क्याम्पसमा ९ सय ५० विद्यार्थीले रजिष्ट्रेसन गरेका छन् । कक्षा–११ को वार्षिक परीक्षा जेठ १६ गते सकिने छ । परीक्षा सकिएको एक महिनाभित्र नतीजा सार्वजनिक गरिने प्राचार्य विडारीले जानकारी दिनुभएको छ । कक्षा–११ मा कुनै विषयमा ननग्रेडेड विद्यार्थीले कक्षा १२ मा अध्ययन गर्न पाउँदैनन् । वार्षिक परीक्षामा ननग्रेडेड विद्यार्थीलाई ग्रेडवृद्धि मौका परीक्षा पनि सञ्चालन गरिने प्राचार्य विडारीले जानकारी दिनुभएको छ ।