हेटौँडाः कुलेखानी–भीमफेदि–काठमाण्डौ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालक घाइते भएका छन् । बुधबार दिउँसो १ बजेर ३० मिनेटको समयमा मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरिखेतस्थित काठमाडौबाट हेटौँडातर्फ आउँदै गरेका बा ४५ प ३४६० नम्बरको मोटरसाइकल अनियन्त्रीत भई सडकको भित्तामा ठोकीएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा हेटौँडा–१८, ठुलोदमार बस्ने ४३ वर्षीय प्रदिप श्रेष्ठ गम्भिर घाइते भएका छन् । घाइते श्रेष्ठको हेटौँडा अस्पतालमा उपचार भई रहेको प्रहरीले जानकारी दिएको छ ।