Home मुख्य समाचार मोटरसाइकल चोरीको आरोपमा २ जना पक्राउ

मोटरसाइकल चोरीको आरोपमा २ जना पक्राउ

चोरी भएको मोटरसाइकल खोजी गरी धनीलाई फिर्ता गर्दै प्रहरी ।

हेटौँडा : मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा मकवानपुर प्रहरीले २ जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौँडा–१८ का ३२ वर्षीय ठूले भन्ने सूर्य लामा स्याङ्तान र मकवानपुरगढी गाउँपालिका–३ का ३० वर्षीय सोम थोकरलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका स्याङ्तान र थोकरलाई कारवाहीको प्रक्रिया अगाडि बढाइएको छ ।

स्याङ्तान र थोकरले गत चैत २४ गते बिहान ११ बजेर ४८ मिनेटको समयमा हेटौँडा–१, भिन्तुनापथबाट बा प्र ०२–०५६ प ३०८३ नम्बरको मोटरसाइकल चोरी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । भीमफेदी गाउँपालिका–२, भैंसेका २२ वर्षीय आशिष मुक्तानको नाममा रहेको मोटरसाइकल हराएको भनी प्रहरीले जानकारी प्राप्त भएपछि प्रहरीले खोेजी गर्दै जाँदा शनिबार हेटौँडा–५, पिप्लेमा फेला पारेको जनाएको छ । प्रहरीले चोरी भएको मोटरसाइकल खोजी गरेर मोटरसाइकल धनीलाई बुझाएको जनाएको छ ।

Exit mobile version