हेटौँडा : मकवानपुरको राक्सिराङ गाउँपालिका–५, कुत्तासीमा रहेको चर्चमा हावाहुरीले क्षति पु¥याएको छ ।
आइतबार दिउँसो ४ बजेको समयमा आएको हावाहुरीले एकतले काठ र जस्ताले बारेर बनेको कुत्तासी चर्चमा क्षति पुगेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । हावाहुरीले चर्चको छानो उडाएको प्रहरीले जानकारी दिएको छ ।