हेटौँडा : हेटौँडा–सिन्धुली सडकखण्डअन्तर्गत हेटौँडा–१८, हर्नामाडीमा बस र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको छ । आइतबार साँझ ७ बजेर १० मिनेटको समयमा हेटौँडा बजारबाट फुर्केचौरतर्फ जाँदै गरेको ना ४ ख ७८३३ नम्बरको बस र ठूलोदमारबाट भोर्लेतर्फ आउँदै गरेको ना ६४ प ३२८९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक हेटौँडा–१७ का २८ वर्षीय सन्तोष श्रेष्ठ गम्भीर घाइते भएका छन् । घाईते श्रेष्ठलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले बस चालक हेटौँडा–१८ का ३८ वर्षीय सुन्दर नगरकोटी लाई नियन्त्रणमा लिएको जनाएको छ ।