हेटौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका–१९, थानेदार चोकमा कुर्सीबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ५६ वर्षीय मान बहादुर गुरुङ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
मंंगलबार राती ९ बजेर १० मिनेटको समयमा गुरुङ प्लास्टिकको कुर्सीबाट एक्कासी लडी गम्भीर घाइते भएका थिए । घाइते गुरुङलाई उपचारका लागि चितवनस्थित भरतपुर सरकारी अस्पताल लगिएकोमा राती ९ बजेर ३५ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।