सांकेतिक तस्वीर । स्रोत गुगल ।

हेटौंडा ः मकवानपुर जिल्ला भलिबल संघले आधारभूत रेफ्री तालिम दिने भएको छ । आउँदो बैशाख २ गतेदेखि ६ गतेसम्म तालिम संचालन हुनेछ । तालिममा सहभागी हुन कम्तिमा जिल्लास्तरीय खेलमा सहभागी भएको हुनुपर्ने मकवानपुर जिल्ला भलिबल संघका महासचिव सन्तोष श्रेष्ठले जानकारी दिनुभयो ।

तालिममा सहभागी हुन प्रतिव्यक्ति ५ हजार रुपैयाँ शुल्क लाग्ने छ । तालिममा ३५ देखि ४० जनालाई सहभागी गराइने महासचिव श्रेष्ठको भनाइ छ । तालिम हेटौंडा–४, हुप्रचौरमा हुनेछ । राष्ट्रिय रेफ्री विजय वादेसहित ७ जना टोलीले तालिममा सहजीकरण गर्नुहुनेछ । जिल्लास्तरीय भलिबल खेलमा अन्य जिल्लाका रेफ्री ल्याउनु पर्ने समस्यालाई अन्त्य गर्न र भलिबलको नयाँ नियम खेलाडी र प्रशिक्षकहरुलाई जानकारी गराउन तालिम आयोजना गरिएको महासचिव श्रेष्ठले जानकारी दिनुभयो ।