हेटौँडा : हेटौँडा–६ स्थित रानी सामुदायिक वनको अध्यक्षमा केशव धिताल निर्वाचित हुनुभएको छ । आइतबार बिहान सम्पन्न मतगणनासँगै ५६२ मतसहित धिताल विजयी हुनुभएको हो । अध्यक्षका अर्की आकांक्षी नानीमाया रुम्बाले ४५३ मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्षमा महेन्द्रकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । श्रेष्ठले ५२० मत प्राप्त गर्दै विजयी हुनुभयो भने अर्का आकांक्षी मुकुन्द अधिकारीले ४६० मत प्राप्त गर्नुभएको छ ।
यस्तै सचिवमा अमुना सापकोटा ४६२ मतसहित विजयी हुनुभएको छ । सचिवकी अर्की आकांक्षी पार्वती न्यौपानेले ४५३ मत प्राप्त गर्नुभयो । सह–सचिवमा हेमबहादुर योञ्जन ४६६ मतसहित विजयी हुँदा अर्का आकांक्षी आत्मराम आर्चायले ४१६ मत प्राप्त गर्नुभयो । कोषाध्यक्षमा गोमा लामिछाने ५४९ निर्वाचित हुनुहुँदा अर्की आकांक्षी शोभा घिमिरे ३२९ मत प्राप्त गर्नुभयो ।
सदस्यहरूमा सूर्यप्रसाद दुलाल, पूर्णभद्र चौलागाईं, केदारप्रसाद अधिकारी, बाबुराम तामाङ, लक्ष्मी देवी श्रेष्ठ गोपाली, जोगमाया राई र विष्णु विश्वकर्मा विजयी हुनुभएको छ । शनिबार भएको निर्वाचनमा एक हजार एक सय तीन जनाले मतदान गरेका थिए । निर्वाचनमा चार मत बदर भएको निर्वाचन अधिकृत अर्जुन प्रसाद चौलागाईले जानकारी दिनुभयो । नवनिर्वाचित कार्यसमितिको कार्यकाल ४ वर्षको रहने छ । यसअघि वनका अध्यक्ष विष्णु प्रसाद न्यौपाने रहनु भएको थियो । रानी सामुदायिक वन समूहमा ७८९ घरधुरी सदस्य छन् ।