हेटौँडा: पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा बाटो काट्न खोज्दा बसको ठक्करबाट उदयपुरका जीतबहादुर प्रधानको मृत्यु भएको छ। आइतबार राति २:४० बजे मनहरी-९, खरङ्गामा काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको बा प्र ०१-००६ ख ६७१६ नम्बरको गाडी रोकेर बाहिर शौचालय जानका लागि बाटो काट्ने क्रममा सोही दिशाबाट आउँदै गरेको ना ८ ख १८०९ नम्बरको बसले जीतबहादुरलाई ठक्कर दिएको थियो।
बसको ठक्करबाट गम्भीर घाइते भएका उदयपुर जिल्लाको त्रियुगा नगरपालिका-२ का ५८ वर्षीय जित बहादुर प्रधानको राति ३ बजेर २५ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रधानलाई ठक्कर दिने बस र बस चालक धादिङ जिल्लाको सिद्वलेक गाउँपालिका-३ का २६ वर्षीय मोहन थापा मगर प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रधानलाई ठक्कर दिने बस र बस चालक धादिङ जिल्लाको सिद्वलेक गाउँपालिका-३ का २६ वर्षीय मोहन थापा मगर प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।