बाघको आक्रमणबाट मरेको बाख्रा ।

हेटौँडा : मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा बाघको आक्रमणबाट २ वटा बाख्रा मरेका छन् । बुधबार बिहान ४ बजेको समयमा मकवानपुरगढी गाउँपालिका–६, जनएकता टोलमा बाघको आक्रमणबट २ वटा बाख्रा मरेको हो ।

नकुल सापकोटाको खोरमा बाधेर राखेको बाख्रालाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले मकवानपुरले जनाएको छ । नजिकैको जंगलबाट आएको बाघ खोर भित्र छिरेर आक्रमण गरेको थियो । आक्रमणपछि बाघले बाख्रालाई खोरबाट करिव ६०० मिटर टाढा लगेर छाडेको थियो ।