Home मुख्य समाचार प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने प्रदेश सरकारको निर्णय

प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने प्रदेश सरकारको निर्णय

प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने प्रदेश सरकारको निर्णय जानकारी गराउनुहुँदै प्रवक्ता सुरजचन्द्र लामिछाने ।

हेटौँडा : बागमती प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार चैत २० गते राती ११ः५९ बजेबाट संसदको अधिवेशन अन्त्य गर्नेगरी प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष सिफारिस गरिएको हो । नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम संसदको अधिवेशन अन्त्यका लागि सिफारिस गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रदेशसभाको बैठक चल्न सक्ने अवस्था नरहेकाले अधिवेशन अन्त्यको निर्णयमा पुगेको उहाँले बताउनुभएको छ । प्रदेश सभा बैठक संचालनका लागि मंगलबार बसेको सर्वदलीय बैठकले निष्कर्ष दिन नसकेपछि प्रदेश सभा बैठक प्रभावित भएको थियो । दलगत रुपमा उठेका मुद्दालाई समेट्ने सरकारको प्रतिवद्धता रहे पनि प्रतिपक्षी दलबाट सकारात्मक पहल नहुँदा समस्या भएको उहाँको दावी छ ।

Exit mobile version