Home मुख्य समाचार ९५ जना ज्येष्ठ नागरिकलाई सहायक सामग्री

९५ जना ज्येष्ठ नागरिकलाई सहायक सामग्री

हेटौंडा–१२ का ज्येष्ठ नागरिकलाई सहायक सामग्री हस्तान्तरण गर्नुहुँदै उपमेयर मीनाकुमारी लामा

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले गत आर्थिक वर्षमा नगरका अशक्त, असहाय तथा विपन्न ज्येष्ठ नागरिकलाई सहायक सामग्री हस्तान्तरण गरेको छ । उपमहानगरले १९ वटै वडामा ५ जनाका दरले ९५ जनालाई सहायक सामग्री हस्तान्तरण गरेको हो । ज्येष्ठ नागरिकलाई सहायक सामग्री वितरणका लागि हेटौंडा उपमहानगरपालिकाले गत आर्थिक वर्षमा ५ लाख बजेट विनियोजन गरिएको थियो ।
बजेट थोरै भए पनि कार्यक्रम जनतामुखी भएको हेटौंडा उपमहानगरपालिकाको सामाजिक विकास महाशाखा अन्तर्गत महिला विकास शाखाकी प्रमुख बिष्णु कुमारी लामिछानेले बताउनुभयो ।

उपमहानगरपालिकाको सामाजिक विकास समितिले प्रत्येक वडाबाट ५ जनालाई छनोट गरेर सहायक सामग्री प्रदान गरिने निर्णय गरेको थियो । नगरपालिकाले सोही अनुसार वडा-वडामा पुगेर सहायक सामग्री प्रदान गरेको छ । वडामा उपस्थित हुन नसक्नेलाई घर-घर मै गएर सहायक सामग्री हस्तान्तरण गरिएको शाखा प्रमुख लामिछानेले बताउनुभयो । उपमहानगरले अशक्त र कठिन अवस्थामा रहेका बृद्धा/बृद्धा आवश्यक्ता अनुसार सहायक सामग्री हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । प्रतिव्यक्ति ५/५ हजार बराबरको सहायक सामग्री प्रदान गरिएको छ । उपमहानगरले प्रतिव्यक्ति १ थान ब्लाङ्केट, एक सेट कपडा र १ थान आल्मोनियमको लौरो प्रदान गरेको हो ।

हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा पनि सो कार्यक्रमलाई निरन्तरता दिने भएको छ । उपमहानगरले सो कार्यक्रमका लागि ५ लाख बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा कति जनालाई के-के सामग्री प्रदान गर्ने भन्ने विषयमा छलफल भैरहेको उपमहानगरपालिकाले जानकारी दिएको छ ।

Exit mobile version