Home मुख्य समाचार रेडक्रसको केन्द्रीय तदर्थ समिति सदस्यमा प्रताप विष्ट मनोनित

रेडक्रसको केन्द्रीय तदर्थ समिति सदस्यमा प्रताप विष्ट मनोनित

प्रताप विष्ट वरिष्ठ पत्रकार

हेटौंडाः संघीय सरकारले मकवानपुरका प्रताप विष्टलाई रेडक्रसको राष्ट्रिय समिति सदस्यमा मनोनित गरेको छ । सोमबार मन्त्रि परिषद् बैठकले आर्थिक अनियमितता गरेको आरोपमा नेपाल रेडक्रस सोसाइटीको कार्यसमिति भंग गरेर तदर्थ समिति गठन गर्ने निर्णय गरेको हो । रेडक्रस मकवानपुरका सदस्य रहनुभएका विष्ट पेशाले पत्रकार हुनुहुन्छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सञ्जिव थापा सभापति भएको कार्यसमिति भंग गरेर मोरङ सिजुवाका नेत्रप्रसाद तिम्सिनाको अध्यक्षतामा तदर्थ समिति गठन गरेको हो । सरकारलाई जानकारी नदिई १६ अर्ब रुपैयाँ विदेशी सहायता लिएको, भक्तपुरमा जग्गा खरिदमा आनियमतता गरेको, रेडक्रसको केन्द्रीय कार्यालय, शाखा र उपशाखाको चल–अचल सम्पत्तिको दोहन गरी अनियमितता गरेको, समाज कल्याण र जिल्ला प्रशासनको निर्देशन पालना नगरेको, विधान तथा कानुन विपरीत काम गरेको, पदाधिकारीले आफ्नो पारिश्रमिक लिएको आरोपमा थापाका सभापति भएको कार्यसमिति भंग गरेको हो ।

सञ्जीव थापा नेतृत्वको समितिलाई सरकारले १० बुँदे स्पष्टिकरण सोधेको थियो । सरकारलाई पेश गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि कार्य समिति भंग गर्ने निर्णय भएको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले जानकारी दिनुभएको छ । सरकारले गठन गरेको तदर्थ समितिलाई निर्वाचन गरी नया“ पदाधिकारी चयन गर्ने, संस्थालाई प्रदेश संरचना अनुसार व्यवस्थित गर्ने र शुद्धिकरण गर्ने जिम्मेवारी दिइएको छ । रेडक्रसको २०७५ चैतमा हुनुपर्ने निर्वाचनसमेत अझै हुन सकेको छैन । रेडक्रसको विधान विपरीत जिल्लाका सभापति, मन्त्री (सचिव) कम्तीमा २० देखि ४० वर्षसम्म एकै जना छन् ।

Exit mobile version