Home मुख्य समाचार राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको अध्यक्षमा किशोर खत्री

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको अध्यक्षमा किशोर खत्री

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरको अध्यक्षमा किशोर खत्रीलाई सर्वसम्मत चयन गरेपछि खिचिएको सामूहिक तस्वीर ।

हेटौँडा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरको अध्यक्षमा किशोर खत्री चयन हुनुभएको छ । शनिबार हेटौँडामा भएको संगठनको आठौं अधिवेशनले किशोर खत्रीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । अधिवेशनले खत्रीको अध्यक्षमा १७ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।

राष्ट्रिय प्रजातान्त्रिक पार्टी युवा संगठनको पहिलो कार्यसमितिको बैठकले अन्य पदाधिकारीहरु जिम्मेवारी प्रदान गर्नेछ । संगठनको पहिलो बैठकले २ जना उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवको जिम्मेवारी प्रदान गर्ने खत्रीले बताउनुभयो । यसअघि अध्यक्ष खत्रीले संगठनको संयोजकको जिम्मेवारी सम्हाल्नुभएको थियो । युवा संगठनको अधिवेशन आयोजना गर्ने गरी खत्रीलाई गत भदौ २५ गते संयोजकको जिम्मेवारी प्रदान गरिएको थियो । नवनिर्वाचित पदाधिकारीहरुको कार्यकाल ३ वर्षको रहने छ ।

अधिवेशनको उद्घाटन अध्यक्ष खत्रीको सभाध्यक्षमा प्रतिनिधिसभा सदस्य दीपक बहादुर सिंहको प्रमुख आतिथ्यमा भएको हो । कार्यक्रममा राप्रपाका सहायक महामन्त्री प्रकाश रिमाल, बागमती प्रदेश सभा सदस्य ज्ञानुजंग लामा, केन्द्रीय संयोजक सुजित केसी र केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको थियो ।

Exit mobile version