एसिड आक्रमण वा अम्ल आक्रमण कुनै मानिसलाई मार्ने, कुरूप बनाउने वा अंगभंग गर्ने उद्देश्यले गरिने एक प्रकारको हिंसा वा अपराध हो । अम्ल फ्याँक्दा विशेषतः मानिसको अनुहारमा फ्याँक्ने गरेका घटना बढी पाइन्छ । यो घटनाबाट पुरुषको सापेक्ष महिलाहरू बढी पीडित भएका देखिन्छन् । अम्ल आक्रमणले पीडितको छालाको तन्तु सखाप पार्न सक्छ भने हाड–जोर्नीमा समेत गहिरो प्रभाव पार्दछ । अम्ल फ्याँक्ने निर्मम अपराध गर्न मानिसहरू सल्फ्युरिक वा नाइट्रेट अम्लको सहारा लिन्छन् । सल्फ्युरिक अम्ललाई त अझ ‘रसायनहरुको राजा’ नै भन्ने चलन छ । हाइड्रोक्लोरिक अम्ल कम असरदार भएकाले अपराधीहरूले नाइट्रिक वा सल्फ्युरिक अम्ललाई बढी प्राथमिकता दिने गरेको पाइन्छ । अम्लको आक्रमणबाट हुने दिर्घकालीन समस्यामा अन्धोपन, शरीर र छालामा कहिले नमेटिने दाग बस्ने जस्ता शारीरिक समस्या देखिन्छन् भने समाजमा पनि पीडितहरूलाई घृणाको नजरले हेर्ने गरिन्छ । अहिले अम्लको आक्रमण विश्वको धेरै ठाउँको गहन समस्या हो, यो ‘विश्वव्यापी समस्या’ हो ।
एसिड आक्रमणबाट बाँचेकाहरूलाई समाजमा पुनःस्थापित गर्नका लागि यो एउटा ठूलो युद्ध हो, गत साल रिलीज गरिएको दीपिका पादुकोणले अभिनय गरेको फिल्म ‘छपाक’ ले यस सन्देशलाई चित्रण गर्दछ । चलचित्रले समाजले कसरी अपमान गर्छ, खिसी गर्छ र हिंसा बचेकाहरूलाई अलग राख्छ भनेर सफलतापूर्वक चित्रण गरिएको छ । भारतमा एसिड आक्रमणबाट बाँचेकी लक्ष्मी अग्रवालको वास्तविक जीवन कहानीमा आधारित फिल्मले अग्रवालको भारतीय न्यायिक प्रणाली र एसिडको बिक्रीलाई नियमन गर्न भारत सरकारसँगको लडाई दर्पण गर्दछ । उनको केस पछि, भारतीय दण्ड विधान (आईपीसी) १८६० मा एसिड हमलाका घटनामा दोषीलाई सजायको गुरुत्वाकर्षण बढेको छ । नेपालमा पनि महिलाहरू विशेषगरी साना केटीहरूलाई एसिडले हमला गर्ने प्रशस्त घटनाहरू देखिएका छन् ।
७ वर्षमा २१ घटना, २३ जनामाथि एसिड प्रहार
गत बिहीबारको घटना काठमाडौंमा पछिल्लो ७ वर्षमा तेस्रो हो । प्रहरी प्रधान कार्यालयका अनुसार २०७१ यताका ७ वर्षमा मुलुकभर एसिड प्रहारका २१ घटना भएका छन् । १९ युवती र ४ पुरुषमाथि एसिड आक्रमण भएको छ । घटनामा संलग्न २७ पुरुष र २ महिला पक्राउ पनि परेका छन् । यो अवधिमा एसिड हान्नेमध्ये २ जनामाथि कर्तव्य ज्यान, १३ जनामाथि ज्यान मार्ने उद्योग, एक जनालाई केही सार्वजनिक अपराध र ४ जनामाथि कुटपिट र अंगभंगमा कारबाही भएको तथ्यांक छ । तर यस्तो आपराधिक मनोवृत्ति भने अझै रोकिएको छैन ।
देशभर २०७१, २०७४, २०७५ र २०७६ मा एसिड प्रहारका ४/४ वटा घटना भए । २०७२ मा २ र २०७३ र बिहीबार १/१ वटा घटना यससँग सम्बन्धित छन् । २०७१ फागुन १० मा वसन्तपुरको झोछँमा एसएलसीको ट्युसन पढ्न गएका रामेछाप खनियापानीकी १६ वर्षीया संगीता मगर र रौतहटकी १५ वर्षीया सीमा बस्नेतमाथि एसिड हान्ने जीवन विक एक महिनापछि भारतबाट पक्राउ परेका थिए । २०७६ जेठ २ मा राजधानीको कालोपुलमा राति ८ बजे काभ्रेका विष्णु भुजेलले आफ्नी श्रीमती जेनी खड्कामाथि एसिड प्रहार गरेका थिए । २०७६ भदौ २० मा वीरगन्ज–१३ श्रीपुरकी १५ वर्षीया मुस्कान खातुनमाथि माजिद मियाँ र सम्साद मियाँको योजनामा एसिड प्रहार भयो । यी सहित घटनामा संलग्न अधिकांश पक्राउ परेर कारागारमा छन् । हेटौंडामा २०६९ साल बैशाख ९ गते एसिड आक्रमणमा परेकी विन्दबासिनी कंशाकारले केही महिनाअघि मात्रै न्याय पाएकी छिन् । उनलाई एसिड आक्रमण गर्ने भारतीय नागरिकलाई धेरै समय पछि पक्राउ परी अदालतबाट फैसला भई कारागारमा छन् ।
कहिले कति घटना ?
२०७१ ः घटना ४, पीडित ४, पीडक ४
२०७२ ः घटना २, पीडित २, पीडक ४
२०७३ ः घटना १, पीडित १, पीडक १
२०७४ ः घटना ४, पीडित ४, पीडक ६
२०७५ ः घटना ४, पीडित ५, पीडक ५
२०७६ ः घटना ४, पीडित ५, पीडक ५
२०७७ ः घटना १, पीडित १, पीडक २
उदाहरणका लागि, सन् २०१५ मा संगिता मगर र उनको साथी सीमा बस्नेतलाई एसिडको सिसि बसन्तपुरमा फालिएको थियो । जुन बेला उनीहरूले एसएलसी परीक्षाको तयारी गर्दै थिए । मगरले धेरै शल्यक्रिया गर्नुपर्यो र यसबाट निको हुन उनको धेरै समय लाग्यो । यद्यपि मगरले उनको अनुहारको जलेको दाग स्वीकार्न धेरै वर्ष लगायो । उक्त घटना पछि एसिड र जलेको हिंसा सम्बन्धी नेपालको कानूनमा संशोधनको माग उठेको थियो । उनको मुद्दाबाटै सर्वोच्च अदालतले सरकारलाई एसिड वा अरु कुनै विषाक्त पदार्थले आक्रमण गर्नेलाई तत्काल आर्थिक सहयोग पुर्याउन निर्देशन दियो । नेपालको एसिड आक्रमण कानूनलाई चुनौती दिने र त्यसमा परिवर्तन ल्याउने सम्बन्धमा मगरको प्रयासको बाबजुद पनि सर्वोच्च अदालतको आदेश अनुरूप कार्यान्वयन हुन सकेको छैन ।
एसिड प्रहार गर्ने विरुद्ध के छ कारबाही ?
एसिड आक्रमण गर्नेलाई ८ वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था कानूनमा छ । एसिड हानेर घाइते मानिसको ज्यान गएमा त्यसलाई कर्तव्य ज्यान मुद्दा लाग्ने प्रावधान मुलुकी अपराध संहिता २०७४ मा छ । आक्रमण गरेर शरीर कुरूप बनाउनेमाथि ज्यान मार्ने उद्योग र एसिड प्रहार गरी शरीर कुरूप बनाएका दुई कसुरमा मुद्दा चल्ने संहितामा उल्लेख छ । मुलुकी अपराध संहिता २०७४ को दफा १८३ (२) मा कसैले कसैको ज्यान मार्ने नियतले त्यस्तो अपराधमा संलग्न हुनु हुँदैन । यस्तो कसुर गर्ने, गराउनेलाई १० वर्ष कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुन्छ । संहिताको दफा १९३ अनुसार तेजाब वा अन्य रासायनिक जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरूप पार्नेलाई कसुरको प्रकृति हेरी अनुहार कुरूप पारेमा ५ वर्षदेखि ८ वर्षसम्म कैद र १ लाख रुपैयाँदेखि ५ लाखसम्म जरिवाना र शरीरको अन्य अंग कुरूप पारेमा वा शरीरमा पीडा पु¥याएमा ३ वर्षदेखि ५ वर्षसम्म कैद र ५० हजारदेखि ३ लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ । यसैगरी मुलुकी फौजदारी संहिता २०७४, को दफा १९३ उपदफा ३ ले सोही दफाको उपदफा २ वमोजिम जरीवाना वापत पाएको पुरै रकम पीडितलाई क्षतिपूर्ति स्वरुप दिनु पर्नेछ भन्ने प्रावधानले मौलिक रूपमा भन्छ कि सजाय पीडितले भोगेका क्षतिको प्रकृतिमा निर्भर गर्दछ ।
तर एसिड आक्रमणको घटनामा अपराधीको अभिप्राय पीडितको जीवनलाई नष्ट गर्नु हो । त्यसैले एसिडको प्रतिक्रियाले क्षतिपूर्ति निर्धारण गर्नु हुँदैन, एसिड आक्रमण सम्बन्धी नेपाली कानुनी प्रतिरोधात्मक रहेको छ । यदि अपराधीले कसैलाई जीवनका लागि क्षति पुर्याउन चाहन्छ भने ऊ जीवनभर कैद हुनुपर्दछ र सरकारले यस्ता पीडितको पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ । एसिड आक्रमणबाट बाँचेकाहरु मनोवैज्ञानिक रुपमा क्षतिग्रस्त भएकोले उनीहरुलाई समाजमा पुनःस्थापना गर्नु अत्यावश्यक छ । सरकारले उचित पुनर्वास सुनिश्चित गर्नुपर्दछ र उनीहरूको दक्षतामा भर पर्दै उनीहरूलाई रोजगारी र अन्य पुनःस्थापना सुविधाहरू प्रदान गर्नुपर्दछ ।
एसिडले हमला गरेपछि हाम्रो समाजलाई सचेतताको अत्यन्त आवश्यकता छ । कडा कानुनको अपर्याप्तता, जनचेतनाको अभाव र एसिडको सहज उपलब्धताका कारण यस्ता घटनाहरु बढ्दै छन् । अधिकांश घटनाहरुमा आफूले प्रेम गरेको कसैले अस्वीकार गरेको अवस्थामा बदलाको भावले सुन्दरता बिगार्नका लागि आक्रमण भएको पाईन्छ । खासगरी प्रेममा बाँधिएका जोडीहरूका बीचमा एकअर्काबाट बिछोड भएको अवस्थामा एकले अर्काको मुख हेर्न नचाहने कारण पनि यस्तो घटना हुन गरेका छन् ।
मानसिक कारणले समेत यस्ता घटनाहरु भइरहेका मनोविश्लेषकहरुको अध्यनको निश्कर्ष छ । अकस्मात भन्दा पनि योजनाबद्ध रुपमा एसिड आक्रमणका घटनाहरु, खासमा युवकको समूहले नै गर्दै आएका छन् । र, रिसलाई नियन्त्रण गर्न नसक्ने मानसिक रोगीहरुले पनि यसमा बल पुर्याइरहेको देखिन्छ । कहिलेकाहीँ बलजफती एसिड खुवाउने घटनासमेत देखिएको छ, जसबाट अम्लको पोलाईका कारण खाना नली खुम्चिन्छ र मान्छेको तत्काल मृत्यु हुन्छ । बलात्कार र हत्या जस्तै निर्मम अपराध भए तापनि कानूनले यसको खासै व्याख्या गरेको छैन । कसुरको प्रकृति हेरी कानूनी व्यवस्था रहेको छ । कानुनमै सजायको प्रबन्ध कम भएको र यसले घटनालाई नियमनको सट्टा बढावा दिने गरेको आमजनताको ठम्याई छ ।
एसिड आक्रामणका घटनाले संसार आतंकित छ । युरोप र अमेरिकाको तुलनामा दक्षिण एसियाली राष्ट्रहरुमा यसको प्रभाव बढी देखिन्छ । त्यसमा पनि बांगलादेश, भारत, नेपाल र केही मुस्लिम राष्ट्रहरुमा बारम्बार दोहोरिने घटनाका रुपमा यसलाई भन्न सकिन्छ । नेपालमा एसिड आक्रमणका घटना अन्य एसियाली मुलुकको तुलनामा नगन्य नै देखिन्छ । तर, यसको उच्च वृद्धि दरले खतरालाई उजागर गर्दैछ ।
विद्यमान कानूनी व्यवस्थाले शरीरमा एसिड हानिएका पीडितहरुको उपचारमा ठूलो समस्या देखिएको र क्षतिपूर्तिका लागि पनि अदालतकै फैसला कुर्नुपर्ने बाध्यता रहेको छ । कानून मन्त्रालयले एसिड आक्रमणको संवेदनशीलतालाई ध्यान दिएरै त्यस्तो अपराधमा संलग्नलाई दिइने सजाय र पीडितले पाउने क्षतिपूर्ति बढाउन सके समस्या धेरैहदसम्म निराकरण हुन सक्छ । एसिड अथार्थ तेजाब प्रहारका घटनामा संलग्नलाई कारवाही र पीडितको न्यायिक उपचारका लागि पर्याप्त कानूनी व्यवस्था नभएको भन्दै अधिकारकर्मीहरुले छुट्टै कानुन बनाउनुपर्ने माग गर्दै आएका छन् ।
यसबारे सांसदको ध्यानाकृष्ट भएमा कानुनी व्यवस्था र प्रणालीगत रुपमा एसिड अपेक्षा घटनाहरु स्वतः निरुत्साहित हुने छन् । बलात्कारको समानान्तर तेजाब प्रहारलाई लिन सक्नुपर्छ, पर्यायवाची कानुनको परिकल्पनासमेत गर्नु जायज हुनेछ । एसिड उत्पादनका सामाजिक कारखानाहरू कसरी बन्द गर्ने भन्ने विषयमा राज्य र समाजले घनिभूत बहस र सम्भव व्यवहार सुरु गर्नैपर्छ । एसिड बिक्रीवितरणको रोकथामबारे सरोकारवालाले पहलकदमी गर्नैपर्छ ।
एसिडको सहज उपलब्धता संसारभरि नै बहसको विषय बनेको छ । खासगरी हाइड्रोक्लोरिक एसिड र सल्फ्युरिक एसिड (तेजाब) प्रचलनमा आउने गर्छ । धेरैजसो रासायनिक प्रतिक्रियामा भाग लिने भएकाले तेजाबलाई रसायनहरूको राजा भनिन्छ । औद्योगिक विकासमा तेजाब उत्पादन र उपलब्धता हुनुपर्छ भन्ने मान्यता छ । गाउँघरमा सुन खानी उद्योगहरूमा प्रशोधन र उत्पादनमा आवश्यक पर्ने तेजाब मानव जीवनको सहजताका लागि निर्माण गरिएको हो । तर अपराधको मानसिकताले हरथोकलाई आपराधिक क्रियाको साधन बनाउन सक्छ । त्यसैले तेजाबलगायतका हानिकारक रसायनहरूको बिक्री वितरणको गर्नै पर्छ ।
एसिड आक्रमणको बढ्दो प्रवृत्तिलाई मध्यनजर गरेरै अहिले धेरै देशले यसको बिक्री वितरणका लागि अनिवार्य लाइसेन्सको व्यवस्था गरेको छ ।
आवश्यकताको कारण पुष्टि गरेर तोकिएको कामका लागि तोकिएको कडापनको एसिड खरिदबिक्री गर्न पाइने गरी कानुन तर्जुमा गर्न आवश्यक छ । विडम्बना पटकपटक एसिड आक्रमणका कारण किशोरीहरूले ज्यान गुमाएको, शारीरिक रूपमा अंगभंग भएकोजस्ता घटना बारम्बार सार्वजनिक हुँदा पनि सरकारले एसिडको बिक्रीवितरणको नियमनमा ध्यान पुर्याएको छैन ।
आवश्यक कडा नियम र नियमन गर्न नसक्नु सरकारको कमजोरी हो । बजारमा पानी किनेजस्तो सहज तरिकाले एसिड पाउनु भनेको अपराधका निम्ति चरहरू खुला राख्नु हो । सरकार यसमा सचेत हुनैपर्छ । अन्त्यमा एसिड हिंसाविरुद्धको अभियानकर्ताको भूमिका आम नेपालीले पनि खेल्न सक्नुपर्छ । एसिड आक्रमणमा परेका छोरीचेलीलाई सरकारले आत्मरक्षाको तालिम , जनचेतना र महिलाको सुरक्षार्थ सक्रिय भूमिका निर्वाह गर्न सक्नुपर्छ ।