सांकेतिक चित्रः गुगल ।

हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ मा सामरी खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका–६ का ४२ वर्षीय सुमनसिं रुम्बा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खोला तर्ने क्रममा बगेर रुम्बाको मृत्यु भएको प्रहरीको भनाइ छ ।